
- चन्द्रकान्त खनाल

करिव २० लाख रुपैयाँ लगानीमा उनले गाउँमै नमूना बाख्रापालन फार्म स्थापना गरेका हुन्। करिव डेढ अघि सागर बाख्रा फार्म सुरु गरेका खनालले जापनमा होटलसमेत सञ्चालन गरेका थिए।
उनी भन्छन्–‘जापानमा भारतको बाटो हुँदै कुकु काममा गएको थिएँ, पछि आफ्नै होटलसमेत खोलें, तर घाटा लागेपछि त्यहाँ बस्न मन लागेन, अनि नेपाल आएर बाख्रा फार्म खोलें।’ उनका तीन भाइ छोरा हाल जापानमा छन्।
बाख्रा फार्ममा उनले दुई जनालाई रोजगारीसमेत दिएका छन्। अहिले ६० वटा बाख्रा पालेका गरेका उनले करिव ६ कठ्ठामा घाँस खेतीसमेत गरेका छन्।

जमुनापारी, खरी, लेकल विटल क्रस र बोयर जातका बाख्रापालन गरेका उनी फार्म संचालनका लागि करिव २० लाख रुपैयाँ खर्च गरेको बताउँछन्। वार्षिक रुपमा करिव २० वटा सम्म बाख्रा विक्रि गर्दै आएका खनाल त्यसबाट डेढ लाख आम्दानी हुने गरेको बताउँछन्।
बाख्रा फार्ममा आवतजावत गरेको थाहापाउन उनले सेन्सरसमेत जडान गरेका छन्। उनी बाख्रापालन व्यवसायलाई विस्तार गरी पाँच सय पुर्याउने बताउँछन्।
.jpg)
उनी भन्छन्–‘नेपालमा भौगोलिक वातावरण पनि ठीक रहेको छ, किसान भएपछि अलिकति मेहनत गर्नुपर्यो, स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ।’ उनी रोजगारीका लागि विदेशिने युवालाई स्वेदशमै केही गर्न सुझाव दिन्छन्।