PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

सार्वजनिक सवारीसाधनमा ‘एनटी बस इन्टरनेट सेवा’ सञ्चालन



रासस

सार्वजनिक सवारीसाधनमा ‘एनटी बस इन्टरनेट सेवा’ सञ्चालन

काठमाडौँः नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ आजदेखि सञ्चालनमा आएको छ। 

मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। 

सेवा सुरुवातले लामो तथा छोटो दूरीका यात्रुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्नेछन्। सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा प्रयोग गर्न सकिनेछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell