PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

चितवन राष्ट्रिय निकुञ्जमा जुधेर पोथी गैंडाको मृत्यु



पहिलोपोस्ट

चितवन राष्ट्रिय निकुञ्जमा जुधेर पोथी गैंडाको मृत्यु

चितवनः चितवनमा एक सुत्केरी माउ गैंडा मरेको छ। चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको कंक्रिट टावर नजिक आज विहान गैंडा मृत अवस्थामा फेला परेको हो।

मृत भेटिएको गैंडा भाले लाग्न खोज्दा मरेको अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवंम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

३० वर्षको पोथी गैंडाको पोष्टमार्टम गर्दा गर्धनमा दुई गैंडा जुधेर घाईते भएको देखिएको निकुञ्जले जनाएको छ। दुई महिना अघि सुत्केरी भएकी यस गैंडाको २ महिने बच्चा ५ दिन अघि मात्रै खोला तर्ने क्रममा गोहीको आक्रमणबाट मरेको थियो।

निकुञ्जमा यसै अर्थिक वर्षमा मात्रै एक चोरी शिकारी, एक करेन्ट, एक जुधेरसहित २२ वटा गैडा कालगतिका कारण मरेका अर्यालले बताए। निकुञ्जका ६ सय ५ वटा गैंडा छन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell