PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

प्रमुख निर्वाचन आयुक्त भन्छन्: निर्वाचनको माहोल पहिलो चरणभन्दा राम्रो



रमेश वाग्ले

प्रमुख निर्वाचन आयुक्त भन्छन्: निर्वाचनको माहोल पहिलो चरणभन्दा राम्रो

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा‍. अयोधीप्रसाद यादवले निर्वाचनको महोल पहिलो चरणको भन्दा राम्रो बनेको बताएका छन्। 
पहिलोपोस्टसँगको कुराकानीमा प्रमुख आयुक्त यादवले पहिलो चरणमा भन्दा शीर्ष नेताको सहभागिता बढेकाले निर्वाचनको माहौल ह्वात्तै बढेको बताए। 

'निर्वाचनको माहौल पहिलो चरणमा भन्दा राम्रो बनेको छ,' प्रमुख आयुक्त यादवले भने, 'शीर्ष नेताहरु भोट हाल्नका लागि जिल्ला जिल्लामा पुगेपछि निर्वाचनको माहौ राम्रो बनेको हो।' 

प्रमुख आयुक्त यादवले केही दलको विरोधका वावजुद ५ र ७ नम्बर प्रदेशमा हुनसक्ने समस्यासमेत निर्वाचनको माहौलले निस्तेज बनाएको बताए। 

'केही राजनीतिक दलको बहिस्कार घोषणाले पाँच र सात नम्बर प्रदेशमा केही समस्या हुन्छ कि भन्ने आँकलन गरिएको थियो,' यादवले भने, 'तर उहाँहरुको पनि अघोषित संलग्नता रह्यो र माहोल असाध्यै राम्रो बन्यो।' उनले प्रमुख नेताको उपस्थितिले नै निर्वाचनमा उत्साह थपिएको बताए। 

लामो समयदेखि मतदाताहरु निर्वाचनको पर्खाइमा रहेको भन्दै निर्वाचनप्रतिको हुटहुटीले पनि माहौल जबर्जस्त बनेको बताए। 
'२० वर्षदेखि जनताले स्थानीय तहमा मत हाल्न पाउनुभएको थिएन, उहाँहरुको मत खसाल्ने र आफ्नो नेतृत्व चुन्ने हुटहुटीले पनि निर्वाचनको महौल जवरजस्त बनेको छ,' यादवले भने। 

प्रमुख आयुक्तको निर्वाचन तयारीबारे ब्रिफिङ

प्रमुख आयुक्त यादवले सबै मतदान केन्द्रबाट हिजोदेखि नै मतदाता परिचयपत्र बितरण सुरु भएको भन्दै त्यसमा मतदाताको राम्रो उपस्थिति रहेको बताए। 

'मतदान अधिकृतहरु मतदान केन्द्रमा पुगेर आफ्नो काम सुरु गरिसक्नुभएको छ,' यादवले भने, 'उहाँहरुले हिजोदेखि परिचयपत्र वितरण सुर गर्नुभएको छ।' उनले मतदान अधिकृतबाट नियमित जानकारी लिएको भन्दै सबै मतदान केन्द्रहरुमा राम्रो वातावरण पाएको बताए।

सबै मतदान केन्द्र संवेदनशील

निर्वाचन सुरक्षाका हिसाबले पनि आयोग सन्तुष्ट भएको भन्दै अबको चरणमा थप शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुने विश्वास व्यक्त गरे।
'सुरक्षा समितिले मतदान केन्द्रहरुलाई अति सम्वेदनशील, संवेदनशील र सामान्य गरी तीन समूहमा विभाजन गरेर सुरक्षा दिएको छ,' प्रमुख आयुक्त यादवले भने, 'तर, मेरो विचारमा सबै मतदान केन्द्र संवेदनशील हुन्, जुनससुकै मतदान केन्द्रमा पनि आकस्मिक रुपमा हुने घटनालाई रोक्न सक्नेगरी सुरक्षा आवस्यक हुन्छ।' 

उनले पहिलो चरणमा पनि संवेदनशील नभनिएका स्थानमा दुर्घटना भएको भन्दै त्यही अनुसार पूवार्नुमान भन्दा सबैतिर समुचित सुरक्षा तयारी आवस्यक हुने बताए।


मतगणना ढिला हुन नदिन के गर्ने?

प्रमुख आयुक्त यादवले अबको निर्वाचनमा एक हप्ताभित्र मत परिणाम आउने दावी गरे। 'हामीले प्रत्येक निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतलाई जिल्लाअनुसार मतगणनाका लागि आवस्यक पर्ने जनशक्ति, आवस्यक पर्ने स्थान, आवस्यक पर्ने सामग्री, भौतिक सुविधा सबै पूर्व तयारी गर्नुस् र मतगणना गर्नुस् भनेका छौं,' उनले भने, 'मलाई लाग्छ चाँडै नै मत परिणाम आउने छ। एक हप्ताभित्रै मतपरिणाम पूर्णरुपमा आउने छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell