PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

प्रधानसेनापति क्षेत्रीले भनेः सेनाले मुलुकलाई कदापि बिखण्डन हुन दिंदैन, पृथ्वीनारायणले जस्तै एकताको सूत्रमा बाँधेर राख्छ



रासस

प्रधानसेनापति क्षेत्रीले भनेः सेनाले मुलुकलाई कदापि बिखण्डन हुन दिंदैन, पृथ्वीनारायणले जस्तै एकताको सूत्रमा बाँधेर राख्छ

काठमाडौँ : प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाले मुलुकलाई बिखण्डन हुन नदिने बताएका छन्।

राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको तस्बिर सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुर्याउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाको सम्मानमा आयोजित कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणले मुलुकलाई एकताको सूत्रमा बाँधे जस्तै नेपाली सेनालाई पनि संविधानले नै राष्ट्रिय एकता, सुरक्षा गर्ने जिम्मेवारी दिएको बताए।

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले नेपालको स्वतन्त्रता र अविभाज्यतालाई सूर्यचन्द्र रहेसम्म कायम गर्न सबै नागरिक लाग्नुपर्ने बताए। 

रुक्माङ्गत कटवाल ट्रस्टले यस वर्षको वसन्त ऋतुमा पृथ्वीनारायणको तस्बिर, राष्ट्रिय झन्डा तथा नेपाली सेनाको झन्डा सगरमाथामा पुर्याएबापत आरोही शेर्पालाई सम्मान गरेको हो।

ट्रस्टका तर्फबाट सम्मान गर्दै प्रधानसेनापति क्षेत्रीले चुनौतीपूर्ण आरोहणको कीर्तिमानबाट नेपाललाई विश्वमा पहिचान गराउने आरोहीको महत्वपूर्ण भूमिकाको सराहना गरे। 

शेर्पा सेफर्डस प्रालिकातर्फबाट शेर्पाले जेठ ६ गते सगरमाथाको चुचुरामा पुगेर पृथ्वीनारायणको तस्बिर  र झण्डा फहराएका थिए। उनले योसहित १६ पटक सगरमाथा आरोहण गरिसकेका छन्। 

कार्यक्रममा हिउँचितुवाका नामले विश्वभर परिचित १० पटकसम्म बिनाअक्सिजन सगरमाथाको सफल आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही आङ्रिता शेर्पालाई गिनिज बुक अफल वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरिएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell