PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

राजविराजमा फरक फरक दुई दुर्घटनामा १२ जना घाइते



पहिलोपोस्ट

राजविराजमा फरक फरक दुई दुर्घटनामा १२ जना घाइते

राजविराज: पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा परी एक दर्जन व्यक्ति घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख २७४१ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८६६८ नम्बरको माइक्रोबस एकापसमा ठोक्किँदा नौजना घाइते भएका छन्। घाइते नौजनाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, सोही ठाउँमा सोमबारै भएको दुर्घटनामा परी तिनजना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३८ प १९६५ नम्बरको स्कुटरले पछाडिबाट साइकलयात्रीलाई ठक्कर दिँदा सप्तरी सुरुङ्गा नगरपालिका–७ बस्ने २५ वर्षीय ज्ञानदीप पासवान, स्कुटर चालक सप्तरी रुपनी गाउँपालिका–८ बस्ने सुरेश साह र पछाडि सवार सोही ठाउँका माधव यादव घाइते भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell