PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

बम विष्फोट गराउने क्रममा विप्लवका एक कार्यकर्ताको मृत्यु



पहिलोपोस्ट

बम विष्फोट गराउने क्रममा विप्लवका एक कार्यकर्ताको मृत्यु

धनगढी: धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा गएराति बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ताको मृत्यु भएको छ।

सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडा घर भएका ‘सनराइज‘ भनेर चिनिने २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

घटनालगत्तै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएका सिंहको राति करिब ११ बजेतिर मृत्यु भएको थियो। बम विष्फोटन स्थलदेखि झन्डै ३०० मिटरको दूरीमा सेती अञ्चल प्रहरी कार्यालय रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell