PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

लुम्विनीका ६ जिल्लामा ४ हजार सुरक्षाकर्मी परिचालन, विप्लव र राजपा चुनौती



चन्द्रकान्त खनाल

लुम्विनीका ६ जिल्लामा ४ हजार सुरक्षाकर्मी परिचालन, विप्लव र राजपा चुनौती

रुपन्देहीः निर्वाचनका लागि लुम्विनीका अति संवेदनशील र संवेदनशील क्षेत्रको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनाीले लुम्विनीका तीनसय ४६ मतदान स्थललाई अतिसंवेदनशील र दुईसय ४५ स्थललाई संवेदनशील रुपमा राखिएको बताए। संविधानको विरोध गर्ने विप्लप समूह, निर्वाचनको विरोध गर्ने राजपालाई निगरानीमा राखिएको प्रहरी जनाएको छ।

लुम्विनीका ६ जिल्लामा १५ हजार म्यादीसहितका प्रहरी परिचालन गरिएको पुडासैनीले बताए। प्रहरीले मतदानअघि, मतदानको अवधि र मतदान सकिएपछिको तीन चरणको सुरक्षा रणनीति बनाएको छ। रणनीतिमा चार सुरक्षा निकायको समन्वय रहनेछ।

अनुसन्धानका कर्मचारीहरु हरेक मतदान स्थलमा पुग्ने बताइएको छ। लुम्विनीका ६ जिल्लाका लागि ४ हजार २ सय १२ जन सुरक्षाकर्मी परिचालन गरिएको छ।

सशस्त्र प्रहरीका नायव महानिरीक्षक सुवोधकुमार अधिकारीले निर्वाचन सुरक्षाका लागि तीन वटा सुरक्षा टोली सशस्त्रले तयार गरेको बताए। ९३ स्ट्राइकिङ, एक सय ४३ मोवाइल र १२ वटा विपद् सुरक्षा टोली परिचालन हुने अधिकारीले बताए।

निवार्चन विथोल्न सक्ने आशंकामा लुम्विनी अञ्चलबाट ८६ जना विप्लपका कार्यकर्ता पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये १४ जनालाई मुद्धा चलाइएको प्रहरी नायव महानिरीक्षक पुडासैनीले बताए।

लुम्विनीका ६ जिल्लामा ९१० मतदान स्थल रहेका छन्। एक उपमहानगर, २१ नगर र ३९ गाउँपालिकाबाट दुई हजार ९२२ जनप्रतिनिधि निर्वाचित हुनेछन्। निर्वाचनमा १३ हजार २४२ जना प्रतिस्पर्धामा छन् । लुम्विनीमा १४ लाख २ हजार मतदाता रहेका छन्।

राष्ट्रिय अनुसन्धानका निमित्त अनुसन्धान निर्देशक कुलदेव थापाले प्रत्येतक मतदान स्थलमा आफ्नो कर्मचारी खट्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell