PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

कांग्रेसद्वारा पाल्पामा तीन बागी उम्मेदवारमाथि कार्वाही



रासस

कांग्रेसद्वारा पाल्पामा तीन बागी उम्मेदवारमाथि कार्वाही

पाल्पा : नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै पाल्पाका तीन कार्यकर्तालाई कार्वाही गरेको छ।

कांग्रेस जिल्ला सचिव झपेन्द्र गैरेका अनुसार तानसेन नगरपलिका–२ का सक्रिय सदस्य ब्रजेन्द्र प्रधान, तानसेन–४ का अनुपमान कर्माचार्य र बगनासकाली–२ पोखराथोकका देवीप्रसाद न्यौपानेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। 

उनीहरुले पार्टीको नीति र निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएको कांंग्रेसले जनाएको छ । प्रधानले तानसेनको वडा नं २, कर्माचार्यले वडा नं ४ र न्यौपानेले पोखराथोकबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell