
इरानः इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले प्यालेष्टाइन मुद्दा इश्लामिक समुदायको प्रमुख बिषय भएको भन्दै सम्पूर्ण मुसलमान समुदाय इजरायलविरुद्ध जहाँबाट जसरी हुन्छ सङ्घर्ष गर्न आग्रह गरेका छन्।
इरानी जनताको जमघटलाई मुश्लिम पर्व इदका अवसरमा राजधानी तेहरानमा सम्वोधन गर्दै खामेनीले उक्त सन्देश दिएका हुन्।
खामेनीको भनाईलाई उद्धृत गर्दै प्रेस टिभीले भनेको छ,‘इश्लिामिक धर्मशास्त्रले जहिले मुसलमानहरूको जमिन शत्रुले कब्जा गर्छ त्यहाँ जिहाद गर अर्थात् आफ्ना शत्रुविरुद्ध सङ्घर्ष गर भनेको छ।’
आजका दिनमा यहुदी शासनविरुद्धको लडाई मुसलमानका अधिकारका लागि कर्तव्य वा आवश्यक भएको छ, खामेनीले इश्लामिक राष्ट्रवीचको एकता अपरिहार्य भएको आग्रह गर्दै सम्वोधनमा सहभागीलाई यसका लागि उत्प्रेरित गरे ।
विभाजन र कलह इश्लामिक समुदाय र मुलुकका लागि हानिकारक बनेको उनले बताए।
खामेनीले हरेक शुक्रबार राजधानी तेहरानमा प्यालेष्टिनी जनताको समर्थनमा हुने गरेको अलकुदको विशाल जुलुसमा सहभागी भई दवाव सिर्जना गर्न पनि समारोहमा आग्रह गरे।
हरेक शुक्रबार हुने जुलुसमा सहभागीले अमेरिका विरोधि नारा लगाउदै इजरायलद्वारा निरन्तर प्यालेष्टिनी भू–भाग कब्जा गरी वस्ती बसालेकोमा निन्दा गर्दै आएका छन्। रासस/सिन्ह्वा