PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पाल्पामा बस दुर्घटना, एक जनाको मृत्यु



रासस

पाल्पामा बस दुर्घटना, एक जनाको मृत्यु

पाल्पा :  पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ। 

बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति दुर्घटना हुँदा गोरखाका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

बसमा कति यात्रु थिए भन्ने र दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस र चालक अहिले प्रहरीको नियन्त्रणमा छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell