PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

कास्कीकोटमा पहिरोले घर पुरिंदा एकजना घाईते



पहिलोपोस्ट

कास्कीकोटमा पहिरोले घर पुरिंदा एकजना घाईते

कास्कीः अविरल वर्षापछि पहिरो जाँदा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा पहिरोले एउटा घर पुरिएको छ।

 मध्यराति गएको पहिरोले कास्कीकोटको वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको हो।

अकस्मात पहिरो गएपछि घरमा सुतिरहेका ४ जना मध्ये डिल्लीराम सुवेदी घाइते भएका छन्। श्रीमती, छोरा र छोरी भने घाइते भएका छन्।

पहिरो आएपछि सुवेदी र उनको परिवारले भागेर ज्यान जोगाएका थिए। घाइते सुवेदीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell