PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

थानकोटबाट लागूऔषधसहित एक जना पक्राउ



रासस

थानकोटबाट लागूऔषधसहित एक जना पक्राउ

काठमाडौँः  एक हजार २०१ एम्पुल लागूऔषधसहित थानकोटबाट सर्लाहीका मनोज साह भनिने पूर्णबहादुर खुलाललाई प्रहरीले आज पक्राउ गरेको छ। 

बाराको कलैयाबाट राजधानी भित्रिँदै गरेको बा६ख ४८८५ नम्बरको बसमा खुलालले झोलाभित्र कपडामा बेरेर राखेको लागूऔषध बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए।

उनको साथबाट डाइजोल्य र नोरफिन चार सय एम्पुल र फेनारगन चार सय एक एम्पुल बरामद भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell