PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

जङ्गली च्याउ खाँदा पाँचथरमा एक जनाको मृत्यु



रासस

जङ्गली च्याउ खाँदा पाँचथरमा एक जनाको मृत्यु

पाँचथरः जङ्गली च्याउ खाँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका – ७ लुम्बाफेमा एक बालकको आज विहान मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीयवासी चन्द्रबहादुर माखिमका नाति १० वर्षीय सङ्गम छन्। उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो।

जङ्गली च्याउ खाइ विरामी परेकी उनकी सात वर्षीया नातिनी सपनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell