PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सचिव मैनाली अनुशासनहीन : निर्वाचन आयोग



रासस

सचिव मैनाली अनुशासनहीन : निर्वाचन आयोग

काठमाडौँः  निर्वाचन आयोगले सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ। 

सचिव मैनालीले निजामती प्रशासनको मर्यादा विपरित भ्रामक र आधारहीन प्रचारबाजी गरेको जनाउँदै आयोगले आपत्ति जनाएको छ।

गरिमामय संवैधानिक आयोग र आयोगका पदाधिकारीको मानमर्दन हुनेगरी हुँदै नभएको लाञ्छना लगाई आमजनसमुदायमा भ्रम फैलाई निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र गरिमामा सचिव मैनालीले आघात पुर्याएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सचिव सरुवाको विषयलाई लिएर आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनर्गल भ्रमक र तथ्यहीन समाचार प्रकाशित भएकोमा आयोगको ध्यानाकर्षण भएको जनाइएको छ। 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आयोगले बुधबार हुने निर्वाचनमा निर्धक्क भई मतदानमा सरिक हुन मतदातालाई अपिल गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell