PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रुकुमको सिस्नेमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते



रासस

रुकुमको सिस्नेमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते

रुकुम : रुकुमको सिस्ने गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच गएराति भएको झडपमा पाँच जना घाइते भएका छन्। 

झडपका क्रममा कांग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका प्रहरीले बताएको छ। माओवादी केन्द्रका कार्यकर्ता कोठामा बसिरहेका बेला कांग्रेस कार्यकर्ता गएपछि झडप भएको माओवादीले दाबी गरेको छ।

कांग्रेसले भने आफ्ना कार्यकर्ता बाटामा हिँडिरहेको बेला वाइसिएलले आक्रमण गरेको बताएको छ। 

झडपका क्रममा कांग्रेसका टोपबहादुर शाही र रेशम बुढाथोकी तथा माओवादी केन्द्रका श्रीकुमार बुढाथोकी, गोरबहादुर थापा र केशव थापा घाइते भएका छन्।

घाइतेमध्ये कांग्रेस कार्यकर्ता रेशमलाई जिल्ला अस्पतालमा सामान्य उपाचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell