PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

सुरक्षा राम्रोसँग मिलाएका छौँ, निर्धक्क भोट हाल्न जानुस् : गृहमन्त्री



पहिलोपोस्ट

सुरक्षा राम्रोसँग मिलाएका छौँ, निर्धक्क भोट हाल्न जानुस् : गृहमन्त्री

काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणअन्तर्गत भोलि हुने मतदानमा निर्धक्क मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन्।

गृह प्रशासन सुधार मार्गचित्र २०७४ को सार्वजनिकीकरण कार्यक्रममा गृहमन्त्री शर्माले सरकारले सुरक्षाको राम्रो प्रवन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन्।

मार्गचित्रमा गृह मन्त्रालयको प्रशासन सुधार, कारागार व्यवस्थापन, ट्राफिक व्यवस्थानलगायतका विषय समेटिएका छन् ।

भोलि हुने तीन  प्रदेशका ४ हजार ५ सय ८१ मतदान केन्द्रमा १ लाख ६३ हजार सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ 
जसमा ४५ हजार नेपाली सेनासमेत परिचालन गरिएको छ।

त्यस्तै नेपाली सेनाले निर्वाचन सुरक्षालाई लक्षित गरेर हवाई सुरक्षा गस्ती समेत सुरु गरिसकेको छ।  निर्वाचनको अवधिभरका लागि नेपाली सेनाको हलिकप्टर काठमाडौं, पोखरा, सुर्खेत र दिपायलमा तयारी अवस्थामा राखिएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell