PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

अमेरिकाले भन्यो–असद सिरियामा घातक हमलाको तयारीमा छन्



रासस

अमेरिकाले भन्यो–असद सिरियामा घातक हमलाको तयारीमा छन्
फोटो श्रोतःcnn.com

वासिङटनः संयुक्त राज्य अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असद सिरियामा घातक रासायनिक हमलाको तयारीमा रहेको बताएको छ। 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिरियाले यस्तो घातक हमलाको तयारी गरिरहेको सूचना अमेरिकाले प्राप्त गरेको जानकारी दिएको हो। 

ह्वाइट हाउसले जनाएअनुसार सिरियाली राष्ट्रपति असदले गतवर्ष पनि यस्तै हमला गरेका थिए र अहिले पनि उनले त्यो घातक हमलाको लागि भित्रभित्रै तयारी गरिरहेको जसबाट कैयौँ सर्वसाधारणको ज्यान जाने देखिएको छ। 

ह्वाइटहाउसले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा यदि त्यस्तो भयो भने यसबाट सिरियालाई ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावानी दिइएको छ। 

ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले विज्ञप्ति भनेका छन्– असदले अर्को शक्तिशाली रासायनिक हतियार आक्रमणको योजना बनाएको छ र यसबाट आमनरहसंहार हुने देखिएको छ। 

यदि त्यसो भयोभने सिरियाले महङ्गो मूल्य चुकाउनुपर्ने हुनसक्छ– उनले विज्ञप्तिमा भनेका छन्। यसअघि पनि सिरियाले गरेको यस्तै आक्रमणमा बालबालिका, महिला लगायत निर्दोष नागरिकको ज्यान गएको थियो। 

सिरियामा सन् २०११ देखि हिंसा मच्चिएको छ। हिंसामा परी तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ। 

सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजिनामाको मागगर्दै सुरु भएको प्रजातान्त्रिक आन्दोलनले पछि हिंसात्मक रुप लिएको थियो। हाल त्यहाँ गृहयुद्ध नै चलिरहेको छ र दिनहूँजसो नागरिकको ज्यान जाने गरेको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell