PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

५० लाख नेपालीका हातमा एमआरपी



रासस

५० लाख नेपालीका हातमा एमआरपी

काठमाडौँ: करिव ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिएका छन् । 

साढे ६ वर्षमा नेपालीका हातमा राहदानी पुगेका हुन्। सरकारले २०६७ साल पुस ११ गतेदेखि एमआरपी जारी गर्न थालेको हो। 

राहदानी विभागका अनुसार गत जेठ १७ गतेसम्ममा ४८ लाख ४७ हजार ४९९ साधारण, तीन हजार ४९७ कूटनीतिक र १३ हजार ४२३ ‘अफिसिएल’ एमआरपी जारी भइसकेका छन् भने एक हजार ३०८ जनाले यात्रा अनुमति लिएका छन्। 

विभागले राहदानीबाट १९ अर्ब २६ करोड ७४ लाख ७८ हजार ३०० राजस्व सङ्कलन गरेको छ। उक्त रकम विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको राजस्वमा समावेश नभएको विभागले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell