PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

कालिखोलामा फेरि पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध



पहिलोपोस्ट

कालिखोलामा फेरि पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवनः  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोला नजिकको टोपे खोलामा आज दिउसो फेरि पहिरो खसेको छ। 

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । सडक खोल्न करिब डेढ घण्टा लाग्ने प्रहरीले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डको अनुगमन गर्न आएको संसदीय टोलीसमेत पहिरोले सडक अबरुद्ध भएपछि कालिखोलामा रोकिएको छ । सडक खुलाउने प्रयास जारी छ । यस ठाउँमा यसै साता मात्रै १० पटक भन्दा बढी पटक पहिरो खसिसकेको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell