PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

चीनमा पनि किन सुपरहिट बन्यो 'दंगल' ?



पहिलोपोस्ट

चीनमा पनि किन सुपरहिट बन्यो 'दंगल' ?

चीनमा प्रयोग हुने सामाजिक संजालको प्रयोगले घर घरमा राम्रो प्रचार प्रसार गर्‍यो जसका कारण दंगलको चाइना बक्स अफिस रेकर्ड ऐतिहासिक बनेको छ।

चाइनाका दर्शकहरुले दंगलका पात्रहरु गीता, बबिता र उनको परिवारको संघर्षलाई आफ्नो जीवनसँग जोडेर हेर्दै आएका छन्। चाइनमा भएको क्रान्ति अघि त्यहाँ पनि महिलालाई सामाजिक कार्यमा अघि बढ्न रोक लगाइन्थ्यो। चाइनिज दर्शकले आफ्नो पुर्ख्यौली आमाहरुको कथा फिल्मको पात्रमा हेर्दै आएको बिबिसी हिन्दीले जनाएको छ। यसै कारणले चाइनिज दर्शकले फिल्मलाई यथार्थसँग जोडेर हेर्न सफल भएको उल्लेख गरिएको छ।

फिल्मको प्रभाव आमिर खानको स्टारडममा पनि परेको छ। उनको लोकप्रियता चाइनिज दर्शकमाझ बढ्दो छ। चाइनिज फिल्ममा हल्का विषयलाई फिल्ममा उठाउनु र अनुहारलाई ध्यानमा राख्नु पनि दंगल रुचाइनुको कारण हो।

गत मे पाँचबाट प्रदर्शनमा आएको फिल्म दंगल इन्डियामा पनि केही हलहरुमा हाउसफूलका साथ चलिरहेको छ। फिल्मले चाइना बक्सअफिसको सहायतामा दुई हजार करोड ग्रस कलेक्शन गर्न सफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell