PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालन



रासस

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालन

चितवनः मुग्लिन–नारायणगढ सडकखण्डको टोपे खोला नजिक आज दिउसो पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ। 

मुग्लिनबाट तीन किलोमिटर दक्षिण नारायणगढतर्फ पहिरो खसेको थियो। नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउन दुईवटा लोडर परिचालन गरिएको थियो। 

सडक अवरुद्ध भएपछि अनुगमनका लागि चितवन आउँदै गरेको व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी तथा सदस्यद्वय गुरु बुर्लाकोटी र प्रकाश अधिकारी शर्मासहितको टोली बाटोमै अलपत्र परेको थियो।

सडक अवरुद्ध भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि घर जाँदै गरेका सयौँ मतदाता अलपत्र परेका थिए। 

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell