PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

उम्मेदवारका पिता मतदानबाट वञ्चित !



रासस

उम्मेदवारका पिता मतदानबाट वञ्चित !

झापा : झापाको अर्जुनधारा नगरपालिका– ३ खुदुनावारीका ७२ वर्षीय युवनाथ पौडेल उम्मेदवार रहेका आफ्ना जेठो छोरालाई मतदान गर्नबाट वञ्चित भएका छन्। 

मतदाता नामावलीबाट नाम हटेका कारण उनी छोरा कुलचन्द्रलाई मतदान गर्नबाट वञ्चित भएका हुन्। कुलचन्द्र अर्जुनधारा नगरपालिका– ३ मा नेपाली कांग्रेसबाट वडा सदस्यका उम्मेदवार छन्। 

विसं २०७१ चैतमा युवनाथले चन्द्रगढीस्थित निर्वाचन कार्यालयमा गएर फोटो खिचाएका थिए। तर फोटो खिचाएको रसिद बोकेर आज मतदाता परिचयपत्र लिन जाँदा उनले मतदाता नामावलीमा आफ्नो नाम भेट्टाएनन्।

निर्वाचन अधिकृत राधाकृष्ण खतिवडालाई आफ्नो दुःखेसो पोखेपनि अधिकृत खतिवडाले मतदाता नामावलीमा नै नाम नभएपछि मतदान गर्न नमिल्ने कानुनी व्यवस्था भएको जानकारी गराएका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell