PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

निर्वाचन आयोगले भन्यो : भोलि ढुक्क भएर भोट हाल्नुस्



पहिलोपोस्ट

निर्वाचन आयोगले भन्यो : भोलि ढुक्क भएर भोट हाल्नुस्

काठमाडौं : बुधवार हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोग औपचारिक रुपमा जानकारी दिएको छ।

मंगलवार विशेष पत्रकार सम्मेलन गर्दै निर्वाचन तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले सम्पूर्ण तयारी भएकाले ढुक्क भएर आफ्नो मतअधिकारको प्रयोग गर्न आग्रह गरे। अयोधीले भने, 'एकदिन राष्ट्रको लागि समय प्रदान गरी दु:ख सहेर भएपनि निर्वाचनमा सरिक भइ योग्य उम्मेद्वारलाई भोट दिनु होला।'

यसपटकको निर्वाचनमा राजनीतिक दल र मतदाताबीच पहिलो चरणको भन्दा बढी उत्साह भएको उनले जानकारी दिए। 
भोलि बुधवार एक महानगरपालिका, सात उपमहानगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदैछ। निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता सहभागी हुँदैछन्।

त्यस्तै, निर्वाचनका लागि चार हजार ५ सय ८१ मतदानस्थल र आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ। 

दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई आयोगले अनुमति दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell