PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

काठमाडौं महानगरले साझालाई दियो पुनः ५ करोड, साझाका थप १३ वटा बस गुड्ने



रासस

काठमाडौं महानगरले साझालाई दियो पुनः ५ करोड, साझाका थप १३ वटा बस गुड्ने

काठमाडौँः काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रुपैयाँ उपलब्ध गराएको छ। 

स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो संस्थाको सेवा विस्तारका लागि महानगरपालिकाले रकम प्रदान गरेको हो। 

आज आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साझाका अध्यक्ष कनकमणि दीक्षितलाई पाँच करोडको चेक हस्तान्तरण गरे। 

सो रकमबाट साझाले १२ बटा डिलक्स र एउटा सामान्यखालको बस सञ्चालनमा ल्याउनेछ । कामनपाको सहयोगमा थप बससहित साझाका जम्मा ४३ वटा बस गुड्नेछन्। 

महानगर प्रमुख शाक्यले सार्वजनिक यातायातका क्षेत्रमा थप फड्को मार्न र उपत्यकामा गुड्ने साना गाडीलाई विस्थापित गर्न सहयोग गरेको जानकारी दिए। 

अब सञ्चालन हुने बसमा ज्येष्ठ नागरिक, गरिब परिचयपत्र बोकेका नागरिक, अपाङ्गता भएका र पाँच वर्षमुनिका बालबालिकालेसमेत निःशुल्क सेवा पाउने छन्। आज हस्तान्तरण गरिएको रकमसहित कामपाले साझालाई १५ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell