नेपालगञ्ज : 'अबकी बार मोदी सरकार।'
उम्मेद्वारका फोटा अंकित पोस्टर हातमा लिएर एक बालक घाँटी तन्काउँदै चिच्याए। बाँके जिल्लाको जमुनाह नाकादेखि १ किलोमिटर भित्रको सीमा क्षेत्रमा पर्ने गाउँमा केही बालक तथा युवा भोलि हुन लागेको चुनावको प्रचार गरिरहेका थिए।
एउटा रुखमा पर्चा टाँस्दै गर्दा बालकले मुखबाट फुत्किहाल्यो : अबकी बार मोदी सरकार। चुनावका नारा लगाउनु र पर्चा टाँस्ने शैली फरक थियो यहाँ।
उम्मेद्वार नै भोट माग्न नपुगेको सीमा क्षेत्रको गाउँमा जनताहरु खासै बोल्न रुचाउँदैनन्।
कुनै घरमा छत छैन। इट्टाका पर्खालमा खपडाको छानाले छोपिएका छन्। कुनै पनि घरका भित्तामा सिमेन्ट पेतिएका छैनन्। घरहरु अधुरा र टुटेफुटेका जस्ता देखिन्छन्।
ती घरहरुका आँगनको दक्षिणी भागमा भारतीय घरहरु छन्। बीचमा दशगजाको एउटा सानो खम्बा छ। त्यही दशगजाले नेपाली र भारतीय पहिचान छुट्याउँछ। भारततिरका घरहरुमा पनि नेपाली चुनावका पर्चा टाँसिएका छन्।
दशगजादेखि दक्षिणमा पर्ने रुखमा एकजना बालक पोस्टर टास्नै लागेको थिए। एक अधबैसे मानिस त्यसैबेला अवधी भाषामै चिच्याए, 'ओर्इ त्यहाँ नटाँस् त्यो इन्डिया हो।'
सीमा पारीका पन्टु श्रीवास्तव पर्चा टाँस्न गम लगाउँदै थिए। सीमा पारीको घरमा रहेकी पत्नीसँग झगडा परेको भन्दै उनी चुनावप्रचार प्रसारमा नेपालतिर खटिएका थिए। चुनावमा काम गरेवापत पैसा कमाइने भएकाले उनी सक्रिय भएका हुन्।
२० वर्षपछि हुन लागेको स्थानीय चुनावका लागि जमुनाह सीमा क्षेत्रको गाँउ पनि तयार छ। गाउँमा विभिन्न पार्टीका झन्डा फर्फरार्इ रहेका छन्। मतदान गर्न मतादाता आतुर छन्।
सीमावर्ती गाउँमा मानिससँग नयाँ जनप्रतिनिधिसँग अपेक्षा भएको कुनै कुरा छैन। गाउँमा आफूहरु खुसी रहेको बताउँछन्।
निर्वाचनका लागि भोट माग्न उम्मेद्वार पनि नपुगेका गाउँमा मौन अवधिको कुरा गर्नु बेकार हुन्छ।
सीमामा हुने हरेक किसिमका विकासका गतिविधिमा आरोप लगाएर भारतीय प्रहरीले दु:ख दिनु सामान्य हो। तर, बाहिरिया मानिससँग उनीहरु त्यसको गुनासोसमेत गर्दैनन्।
मनिराम खटिक भन्छन्, 'सरकारले हामीलार्इ दिनुपर्ने कुरा केही छैन। हामीलार्इ सबै पुगेको छ।'
उनीहरुको सबैभन्दा ठूलो मुद्दा भनेको बेरोकतोक सीमापारी बजारमा गएर सामान ल्याउन पाउनुमात्र हो। गुनासो गर्न परे त्यसैमा गर्छन्।
'हामीलाई भारतीय प्रहरीले त रोक्छन् नै आफ्ना देशका प्रहरीले पनि पैसा माग्छन्,' खटिकले गुनासो गरे।