PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

पुष्पलाल स्मृति खुला ब्याडमिन्टन हुने



पहिलोपोस्ट

काठमाडौं : नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा 'छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४' असार २४ गतेदेखि हुने भएको छ।

२०६८ सालमा पहिलो पटक कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्मानमा पुष्पलाल स्मृति र्‍याङिकङ ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो। त्यसैको निरन्तरता स्वरुप अर्को साता सातदोवाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा असार २७ गते सम्म छैटौं संस्करण आयोजना गर्न लागिएको नेपाल ब्याडमिन्टन संघका महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी गराए।

पाँचौं संस्करण सम्म र्‍याङिकङ खेलाडीहरुलाई मात्र समावेश गराएर प्रतियोगिता संचालन गर्दै आईरहेकोमा अन्य खेलाडीहरुको गुनासोलाई मध्यनजर राख्दै यस संस्करणदेखि खुला प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए।

प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, महिला जोडी, यु–१५ ब्वाइज र गर्ल्स एकल, यु–१७ ब्वाईज र गर्ल्स एकल तथा ४५ बर्ष माथिको भेट्रान्स जोडी गरि ९ विधामा प्रतिस्पर्धा हुनेछ।

१५ लाख ६६ हजार ५ सयको अनुमानित लागत रहेको प्रतियोगितमा ३ लाख ४० हजार पुरस्कार राशी रहेको छ। जसमा पुरुष र महिला एकलमा प्रथमलाई ५० हजार र ट्रफी, द्वितीयलाई २५ हजार र ट्रफी तथा तृतीयलाई १० हजार र ट्रफी प्रदान गरिने छ।

यस्तै अन्य विधाका प्रथम, द्वितीय र तृतीयले नगद १० हजार, ७ हजार र ४ हजारका साथै ट्रफी प्राप्त गर्नेछन् भने भेट्रान्स जोडीलाई ट्रफीका साथै खेल सामाग्री प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell