PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

आइफोनले खिचेको नेपथ्यको 'घरको कुरो' सार्वजनिक



पहिलोपोस्ट

आइफोनले खिचेको नेपथ्यको 'घरको कुरो' सार्वजनिक

काठमाडौं: सांगीतिक ब्यान्ड नेपथ्यले पच्चिसऔं वर्षोत्सवको अवसरमा आइफोनबाट खिचेको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपथ्यको छैठौं एल्बम घटनामा समावेश ‘घरको कुरा’ बोलको गीतको म्युजिक भिडियो आइफोनबाट छायाँकन गरिएको हो।

सन् २००४ मा लेखिएको गीत नेपथ्यले २००५ मा सार्वजनिक भएको थियो। सार्वजनिक भिडियो भने नेपथ्यले २०१६ मा अमेरिका यात्रा गर्दा आइफोनबाट खिचिएको हो। 'विदेश जाँदा घरको सुखदुख साट्न साथी खोज्दा सबै व्यस्त पाएँ। बोल्न खोज्दा सबै नाच्न गाउनमै रमाउन चाहे', प्रमुख गायक नेपथ्यका अमृत गुरुङले गीत भिडियो तयार हुनुको अवस्था प्रस्ट पारे। उनले भने,'यस्ता घटना विदेश यात्राको क्रममा नियमित भोग्छौं। यस्ता कुराले मन बिथोल्छ अनि भावनालाई गीतमा पोख्छौं।'

अमेरिका यात्रामा आफ्नो आइफोनमा कैद गरेको भिडियोहरु गीतको लागि भिडियो बनाउन उपयुक्त लागेर थप दृश्य कैद गरेका हुन्। गीतको शब्द, संगीत र प्रस्तुति नेपथ्यको हो भने भिडियो नेपालयको निर्माणमा पदम बज्रचार्यले दृश्य सम्पादन गरेका हुन्।

हेर्नुस् भिडियो: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell