
काठमाडौः गृह मन्त्रालयले राजधानीलगायत देशका ठूला शहरहरुमा जथाभावी विरोध प्रदर्शनका कार्यक्रम गर्न रोक लगाउने भएको छ।
राजधानीमा विभिन्न बहानामा हुने प्रदर्शन र विरोधका कार्यक्रमले यातायात, शान्ति सुरक्षा, व्यवसाय सञ्चालनमा तथा जनताको दैनिक काममा असर गरेको भन्दै यस्तो व्यवस्था ल्याउन लागेको गृहमन्त्री जनार्दशन शर्माले जानकारी दिए।
‘जवाफदेही गृह प्रशासनः शान्ति सुरक्षा र सुशासन’ मुख्य नारा रहेको गृह प्रशासन सुधार मार्गचित्र २०७४ सार्वजनिक गर्दै गृहमन्त्री शर्माले यस्तो बताएका हुन्।
आफ्ना माग राख्न र प्रदर्शन गर्न राज्यले निश्चित स्थान तोकिदिने र तोकिएको स्थानमा मात्र प्रदर्शन गर्न पाइने उनले बताए। विकसित देशहरुमा पनि जथाभावी विरोधका कार्यक्रमहरु गर्न पाइँदैन।