PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

एसीपिएल : लगातार चौथो जितसँगै नेपाल स्ट्रोम नकआउट राउण्डमा



पहिलोपोस्ट

एसीपिएल : लगातार चौथो जितसँगै नेपाल स्ट्रोम नकआउट राउण्डमा

काठमाडौं : लगातार चार खेल जित्दै नेपाल स्ट्रोम काठमाडौंमा भइरहेको एसियन क्लब प्रिमियर लिग (एसीपिएल)को सेमिफाइनल प्रवेश गरेको छ।

मंगलबार भएको दोस्रो खेलमा अफगानिस्तान बुल्सलाई डिएल मेथडमा ६३ रनले पराजित गर्दै नेपाल स्ट्रोमले एक खेल अगावै अन्तिम चारमा स्थान बनाएको हो।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तान बुल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो। बुल्सका लागि गौरवले ३४ तथा मनहेराले ३० रन बनाए। नेपाल स्ट्रोमका मलविन्दरले २ विकेट लिए।

जवाफमा १ सय २७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल स्ट्रोमले ७.४ ओभरमा कुनै विकेट नगुमाइ ९३ रन बनाउँदा वर्षाले खेल रोकिएपछि स्ट्रोम विजयी भएको हो।

खेलको पार स्कोर ३० रन मात्र भएपनि नेपाल स्ट्रोमले आक्रमक ब्याटिङ गर्दै ९३ रन बनाएपछि सहजै जित हासिल गर्‍यो। स्ट्रोमका लागि पवनले ३० बलमा ६८ रन बनाए।

लगातार ४ खेलजितेपछि नेपाल स्ट्रोम नकआउट राउण्डमा पुग्ने पहिलो टोली बनेको हो।

यता सबै ५ खेल खेलिसकेको अफगानिस्तानको यो तेस्रो हार हो। राउण्ड रोविनको खेलपछि २ खेल मात्र जितेको अफगानिस्तानको ४ अंक छ र नकआउटमा पुग्न अन्य खेलको नतिजामा भर पर्नुपर्नेछ।

मंगलबारै भएको पहिलो खेलमा बंगलादेश टाइगर्सले इन्डियन स्टार्सलाई ८ रनले पराजित गर्दै नकआउट नजिक पुगेको छ। १ सय ४० रनको लक्ष्य पछ्याएको इन्डियन स्टार्सलाई १ सय ३१ रनमा रोक्दै बंगलादेश टाइगर्सले तेस्रो जित हासिल गरेको हो।

लगातार चौथो हारसँगै इन्डियन स्टार्सको नकआउट पुग्ने सम्भावना समाप्त भएको छ।

टीयू मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेश टाइगर्लस निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। टाइगर्सका लागि क्वाइजी अहमदले नटआउट रहदै सर्वाधिक ४८ तथा सन्जोग बिनकारले ३९ रन बनाए। यस्तै मोहमद करिमले ३१ रन जोडे। इन्डियन स्टार्सका  कुलदीप सिंह र ए करनवालले २-२ विकेट लिए।

जवाफमा इन्डियन स्टार्सले पूरै २० ओभर खेलेर ७ विकेट गुमाउँदै १ सय ३१ रन मात्र बनाउन सक्यो। उसका लागि सिमरत बावाले नटआउट रहदै सर्विधक ३८ रन बनाएपनि जितका लागि पर्याप्त रहेन। यस्तै गुरमित सिंहले ३२ तथा कप्तान स्वप्निल पाटिलले २१ रन बनाए। बलिङमा बंगलादेश टाइगर्सका मोहमद खान र एम इब्राहिमले २-२ विकेट लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell