PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मोरङको भारतीय सीमा क्षेत्रमा संयुक्त गस्ती सुरु



रासस

विराटनगरः भोलि हुने दोस्रो चरणको स्थानीय निर्वाचनलाई ध्यानमा राखी मोरङको भारतसँग सीमा जोडिएका क्षेत्रमा नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ। 

सीमा नाका बन्द भएसँगै दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका हुन्। मोरङ जिल्लाको ६३ किलोमिटर लामो सीमा क्षेत्रको दशगजा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले आ–आफ्नो क्षेत्रबाट संयुक्त रुपमा गस्ती सुरु गरेका मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए। 

नेपालतर्फको दशगजा क्षेत्रमा नेपाल प्रहरी र भारततर्फको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले गस्ती गर्ने गरेको र केही समस्या आएमा संयुक्त रुपमा सुरक्षा समन्वय गर्ने गरेको प्रहरी प्रमुख भण्डारीले बताए। 

नेपालतर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा भारतीय क्षेत्रमा भारतीय सुरक्षा बल परिचालन गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell