PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

स्याल धपाउन हानेको गोलीले महिला घाइते



रासस

राजविराजः स्याल धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर मंगलबार साँझ सप्तरी कञ्चनपुर नगरपालिका–८ की ४० वर्षीया कविता विक घाइते गम्भीर घाइते भएकी छन्। 

सोही ठाउँ बस्ने इन्द्रबहादुर राईले आफ्नै मकै बारीमा स्याल धपाउन भरुवा बन्दुक पड्काउँदा गोली लागेर उनी घाइते भएकी प्रहरीले जनाएको छ।

उनको कञ्चटमा गोली लागेको छ । उपचारका लागि कवितालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गोली प्रहार गर्ने राईलाई इप्रका कञ्चनपुरले पक्राउ गरेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell