PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

 युक्रेनी उच्च गुप्तचर अधिकारीको हत्या



रासस

 युक्रेनी उच्च गुप्तचर अधिकारीको हत्या
फोटो श्रोतःreuters.com

युक्रेनः युक्रेनका उच्च गुप्चतर अधिकारीको एक कार विष्फोटमा मृत्यु भएको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ। 

कार बम विष्फोटमा रक्षा मन्त्रालयका मुख्य निर्देशक म्याक्सिम सापोभलको मृत्यु भएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशक म्याक्सिम सापोभलको विष्फोटमा परी घटनास्थलमै मृत्यु भएको छ।’

आवासीय क्षेत्रको सडकमा रहेको उनको कारलाई स्थानीय समयअनुसार करिब ८ बजे विष्फोट गराउँदा दुई जना बटुवासमेत गम्भीर घाइते भएका छन् । 

युक्रेन सरकारले घटनालाई आतङ्कवादी हमला बताउँदै घटनाको अनुसन्धान भइरहेको जनाएको छ। युक्रेनी सञ्चार माध्यमले विभिन्न स्रोतलाई उद्धृत गर्दै सापोभल पूर्वी युक्रेनमा भएको द्वन्द्वमा त्यहाँ खटिएका थिए। 

यसै वर्षको मार्चमा पनि अर्का युक्रेनी गुप्चतर अधिकारी अलेक्जेन्डर खाराबेरुसलाई यस्तै विष्फोट गराई हत्या गरिएको थियो । रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell