PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

मोरङमा शान्तिपूर्ण रुपमा मतदान जारी



अनन्तराज न्यौपाने

मोरङमा शान्तिपूर्ण रुपमा मतदान जारी

विराटनगरः स्थानीय तहमा दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङमा बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। 
२० वर्षपछि भएको स्थानीय निर्वाचनमा मत खसाल्न उत्साहका साथ मतदाताको लर्को लागेको छ। 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, डा.मीनेन्द्र रिजाल, डा. शेखर कोइरालाले बिहान ७.३० बजे नै मतदान गरेका छन्।

त्यस्तै, विराटनगर महानगरपालिकामा मेयरका उम्मेदवारहरू नेपाली काङ्ग्रेसका भीम पराजुली र एमालेका विनोद ढकालले पनि बिहानै मतदान गरेका छन्। 

कुल ५ लाख ७४ हजार ५ सय मतदाता भएको मोरङमा ३ सय मतदान स्थल र ६ सय ६९ मतदान केन्द्र छन्। मोरङमा १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ वटा स्थानीय तह छन्।

विराटनगर महानगरपालिकामा १ लाख १२ हजार ८ सय ३२ मतदाता छन्। यहाँ १९ मतदानस्थलमा १ सय १९ मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदानपछि पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अब असोज २ गते हुने तेस्रो निर्वाचनमा सबैले ध्यान केन्द्रीत गरेर त्यसलाई सम्पन्न गर्नुपर्ने बताए।

चार दिनपछि संसद्को बैठक सुरु हुने उल्लेख गर्दै कोइरालाले अबको बस्ने संसद बैठकले संविधान संशोधन प्रस्ताव पारित गरेर मधेसवादी दलको मुद्दालाई सम्वोधन गर्नुपर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell