PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

झापामा मतदानका लागि लाइनमा बसेका एक मतदाताको मृत्यु



पहिलोपोस्ट

झापामा मतदानका लागि लाइनमा बसेका एक मतदाताको मृत्यु

विराटनगरः झापाको दमकस्थित सरस्वती मावि मतदानस्थलमा मतदान गर्न गएका ८२ वर्षीय नगेन्द्र भण्डारीको मृत्यु भएको छ।

दमक नगरपालिका वडा नं. ९ का भण्डारीको मतदानका लागि लाइनमा बसेका बेला मृत्यु भएको हो। भण्डारी मुटु रोगी भएको बुझिएको छ। 

प्रहरीका अनुसार उनी लाइन लागेका बेला नै अकस्मात भुईंमा लडेका थिए। यसपछि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell