PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रुपन्देहीमा मतदान सुरुः छाता ओढेर मतदान केन्द्र पुगे मतदाता

रुपन्देहीमा मतदान सुरुः छाता ओढेर मतदान केन्द्र पुगे मतदाता

चन्द्रकान्त खनाल/पहिलोपोस्ट


रुपन्देहीः दोश्रो चरणको स्थानीय तहको निर्बाचनअन्तर्गत रुपन्देहीमा तोकिएभन्दा १५ मिनेट ढिला मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतदान केन्द्र व्यवस्थापन चुस्त नहुँदा मतदान केही ढिला सुरु भएको हो।

बिहान ढिला भएकाले बेलुका समय थप्न सकिने निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ। जिल्लामा रहेका १६ स्थानीय तहमा २०८ मतदान स्थलका ५४३ वटा केन्द्रबाट मतदान भइरहेको छ।

बुटवल उपमहानगरमा ६६ हजार ८ सय ४३ मतदाता छन् भने १९ वडा र ७४ वटा मतदान केन्द्र छन्। रुपन्देहीमा बुटवल उपमहानगरसँगै ५ वटा नगरपालिका र १० वटा गाउँपालिका छन्। ४ लाख ६२ हजार ५ सय ४६ मतदाता रुपन्देहीमा छन्। जसमध्ये पुरुष दुई लाख ४० हजार ४ सय ३० छन्। महिला दुई लाख २२ हजार १ सय ११ र ५ जना तेश्रोलिंगी छन् ।



ट्रेन्डिङ पोस्ट

Ncell