PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

निर्वाचन आयोगले भन्यो: बिहान १० बजेसम्म २५ प्रतिशत मतदान



पहिलोपोस्ट

निर्वाचन आयोगले भन्यो: बिहान १० बजेसम्म २५ प्रतिशत मतदान

काठमाडौँ: बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा निर्वाचन भइरहेको छ। तीन प्रदेशका ३३४ स्थानीय तहका कूल ८ हजार ३६४ मतदान केन्द्रमध्ये वर्षातका कारण केही स्थानमा ढिला मतदान सुरु भएको थियो।

आयोगले शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाएको छ। मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell