PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

बम विष्फोट गराउने दुईजना पुर्पक्षका लागि थुनामा



रासस

बम विष्फोट गराउने दुईजना पुर्पक्षका लागि थुनामा

राजविराजः  नापी कार्यालय राजविराजमा बम विष्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ। 

बम विष्फोटको अभियोगमा पक्राउ परेका सप्तरीका विष्णुपुर गाउँपालिका–७ का १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिका–१ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए। 

राजविराज–छिन्नमस्ता सडकखण्डमा चेकजाँचका क्रममा मोटरसाइकल चढेर जाँदै गरेका शर्मालाई प्रहरीको विशेष टोलीले जेठ १३ गते हतियार र जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चासहित पक्राउ गरेको थियो भने नसिरलाई एक थान पेस्तोल र सोमा प्रयोग हुने दुई राउन्ड गोली तथा पाँचसय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको थियो । 

राजविराज नगरपालिका–८ स्थित नापी कार्यालयमा वैशाख २९ गते उनीहरुले प्रेसरकुकर बम विष्फोट गराएका प्रहरीको भनाइ छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell