.jpg)
काठमाडौं: अमेरिकामा आयोजना हुने नेपाली नृत्य प्रतियोगितामा अभिनेत्री केकी अधिकारी पनि निर्णायक रहने भएकी छिन्। 'मेरो डान्स कप युएस २०१७' को दोस्रो संस्करणमा केकी अधिकारी लगायत डिबी गुरुङ र मञ्जु भुजेल रहेका छन्।
यसअघि केकी अधिकारीको ठाउँमा दिलिप रायमाझी निर्णायक रहेका थिए। आयोजक एजेड स्टूडियोले दिएको जानकारी अनुसार दिलिप रायमाझी नेपालमा रहेका कारण यस संस्करणमा उनी अनुपस्थित रहने भएको हो। प्रतियोगिता अप्रिल २८ मा सुरु भएको हो। हाल प्रितयोगिहरु विभिन्न प्रशिक्षण र तयारीमा व्यस्त छन्।
नृत्य प्रतियोगिता घिन्ताङलाई प्ल्याटफर्म बनाएर कलाकारितामा लागेकी अभिनेत्री केकी अधिकारी पुन: नृत्य प्रतियोगितामा निर्णायक रहन पाएकोमा उत्साहित भएको बताउछिन्। भनिन्,'निर्णायकको रुपमा रहनु चुनौती हो। तर अमेरिकामा रहेका नेपाली प्रतिभाहरुलाई हेरेर सही निर्देशन दिन पाउनुलाई अवसर पनि मानेको छु।'
कार्यक्रमको छैठौं श्रृङ्खलाबाट भोटिङ लाइन सुरु हुनेछ। कार्यक्रमको ग्राण्ड फिनाले अगस्त १२ मा हुनेछ।