PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

इलाममा मतदान केन्द्र नजिक बम बिस्फोट, लगत्तै मतदान सुचारु



पहिलोपोस्ट

इलाममा मतदान केन्द्र नजिक बम बिस्फोट, लगत्तै मतदान सुचारु

इलाम: इलाम नगरपालिकास्थित आदर्श आधारभूत विद्यालय मतदान केन्द्रमा बम विस्फोट लगत्तै मतदान सुचारु भएको छ।

बिहान सवा १० बजे एक ब्यक्तिले सकेट बम फ्याँकेर भागे लगत्तै पड्किएको स्थानीयबासीले बताए।

घटना लगत्तै प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायत सुरक्षा निकायका प्रमुखहरु घटनास्थल पुगेका थिए। इलाम बजारमै रहेको उक्त केन्द्रमा सुरक्षा चुनौती नरहेको विश्लेषण प्रशासनको थियो।

सोही कारण सुरक्षामा २ जना जनपद र तीन जना म्यादी प्रहरीमात्र खटाइएको थियो। मतदातालाई आतंकित गर्ने मनसायले बम विष्फोट गराइएको र उनीहरुलाई चाँडै पक्राउ गर्ने प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

विष्फोटको केही मिनेटमै मतदान सुचारु भएको थियो। अब सुरक्षाको बलियो बन्दोबस्त मिलाइएको र ढुक्क भएर मतदान गर्न उनले सर्वसाधारणलाई अनुरोध गरेका छन्। इलामका अरु स्थानमा बिहानैदेखि शान्तिपूर्ण तवरले मतदान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell