PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

उदयपुरमा मतदान केन्द्रमा बमसहित तीनजना पक्राउ



पहिलोपोस्ट

उदयपुरमा मतदान केन्द्रमा बमसहित तीनजना पक्राउ

उदयपुरः उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित मुर्कुची उच्च मावि मतदान केन्द्रमा बमसहित तीन जना पक्राउ परेका छन्।

मतदान स्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा त्रियुगा नगरपालिका–१५ बस्ने ४० वर्षीय भरत बस्नेत, रौतामाई गाउँपालिका–७ बस्ने ३२ वर्षीय तिलक तामाङ र सोही ठाउँ बस्ने ४५ वर्षीय ध्रुव खड्कालाई बमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले  सुतली बम २ थान, गैती १ थान, गुलेली १ थान, नेपाल कम्युनिष्ट पार्टीको आवेदन फाराम १ प्याड तथा सोही पार्टीको सहयोग रसिद १ प्याडसहित पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell