PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

'स्टारडम बाहेक जे पनि दिन सक्छु'- शाहरुख खान



पहिलोपोस्ट

'स्टारडम बाहेक जे पनि दिन सक्छु'- शाहरुख खान

बलिउड स्टार शाहरुख खानले नयाँ पुस्ताका कलाकारहरुलाई स्टारडम बाहेक जे पनि दिन सक्ने बताए। बिबिसी हिन्दीले जनाए अनुसार उनले इद विशेष पत्रकार सम्मेलनमा आफ्नो स्टा।डम कसैलाई दिने बारे सोच्न पनि नसक्ने बताएका हुन्।

शाहरुखले मिडियासँग भने,'बलिउडका नयाँ कलाकारहरुले मबाट जे पनि लिन सक्छन् तर स्टारडम लिने, दिने बारे सोच्च समेत सकिन्न।' उनले नयाँ कलाकारहरु प्रतिभावान भएको बताउँदै भने,'प्रतिभावान हरेकले आफ्नो निर्णय आफै बनाउन सक्नुपर्छ अरुको सुझाव अनुसार चलेर हुँदैन।' शाहरुखले पुराना पुस्ताका अभिनेत्रीहरु श्रीदेवी, हिमा मालिनी, जीतन अमान, सायरा बानु, मुमताज, माधुरी दिक्षित लगायतबाट नयाँ कलाकारहरुले धेरै सिक्न सक्ने बताए।

स्वर्गिय अभिनेत्रीहरु परबिन बबी र दिव्या भारतीलाई पनि उनले सम्झिए। दिव्या भारतीसँग काम समेत गरेका उनी भन्छन्,'केही समय सँगै रहेर पनि उनको मृत्युको खबर मैले टिभीमा हेर्नु पर्योी। यो कुराले मलाई सधैं दु: खी बनाउँछ।'

पच्चिस वर्ष लामो बलिउड यात्रामा उनले धेरै हिट फिल्म दिए। तर उनको मन बलियो बनाएको फिल्म भन्दै उनी फिल्म 'फ्यान'लाई सम्झन्छन्। 'फ्यानले मेरो करियरप्रतिको विश्वास बलियो बनाएको छ।' निर्देशक मणिरत्नसँग फेरी काम गर्ने इच्छा भएको उनले जानकारी दिए। उनले यसअघि फिल्म 'दिलसे'मा उनको साथमा काम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell