काठमाडौं : स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज हुँदै गरेको निर्वाचनमा साढे ११ बजेसम्म ३३ प्रतिशत मत खसिसकोको छ ।
प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार हालसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान भएको छ।
