PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

पूर्व फुटबलर पाउलो माल्दिनी प्रो टेनिसमा पराजित



पहिलोपोस्ट

पूर्व फुटबलर पाउलो माल्दिनी प्रो टेनिसमा पराजित

इटालियन पाउलो माल्दिनी लेजेण्ड फुटबल खेलाडी हुन्। यसका बारेमा सबै जानकार नै छन्। उनलाई पार गरेर गोल गर्न जो कोही स्ट्राइकरलाई पनि हम्मे हम्मे पर्थ्यो।

तर ४९ वर्षको उमेरमा प्रो टेनिसमा डेब्यु गरेका माल्दिनीको टेनिसको सुरुवात भने पराजयबाट भएको छ।

मिलानमा भएको 'एस्प्रिय टेनिस कप'को पहिलो खेलमै माल्दिनी र स्टेफानो लान्डोनिओको जोडी पराजित भएका हुन्।

पोल्याण्डका थोमस बेन्डनरेक र डच खेलाडी डेभिड पलको जोडीसँग ६-१, ६-१ को सोझे सेटमा पराजित भएका हुन्।

एसी मिलानका पूर्व स्टार खेलाडी माल्दिनीले छनोट परा गर्दै आफ्नै प्रशिक्षक स्टेफानोसँगै प्रतियोगिता खेल्ने अवसर पाएका हुन्।

मिलानमा भएको प्रतियोगिता च्यालेन्स टुर अन्तर्गतको टेनिस हो। जुन एटिपी वर्ल्ड टूर भन्दा ए तह तल्लो स्तरको टुर्नामेन्ट हो।

इटलीको लागि १२६ क्याप जितेका माल्दिनीले सन् १९८५ मा एसी मिलानका लागि डेब्यु गरेका थिए। उनले ४१औं जन्मदिन मनाउनु एक वर्ष अगाडी २००९ मा मिलानका लागि अन्तिम सिरी ए फुटबल म्याच खेलेका थिए।

डिफेन्सको खम्बा मानिने उनले ७ सिरी ए उपाधी र ५ पटक युरोपियन च्याम्पियन्स/युरोपियन कप लिगको उपाधि जितेका थिए।

पाउलो माल्दिनीले पहिलो अंक यसरी जोडेका थिए।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell