PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

फिल्म 'कृ' को फस्ट लुक आउट, यस्तो देखिए लङ हेअर अनमोल



पहिलोपोस्ट

फिल्म 'कृ' को फस्ट लुक आउट, यस्तो देखिए लङ हेअर अनमोल

काठमाडौं : निकै प्रतिक्षा गरिएको अभिनेता अनमोल केसीको नयाँ फिल्म 'कृ' को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ।

फिल्म कृ ले बुधबार फेसबुकमा अभिनेता अनमोल मात्र रहेको दुई पोस्टर आउट गरेको हो।

दुवै पोस्टरमा अनमोललाई लामो कपालमा देख्न सकिन्छ। यही लामो कपाल बनाउनका लागि अनमोल धेरै समय बाहिर निस्केका थिएनन्।

यसअघिका फिल्ममा लभरब्वायको भूमिकामा देखिदै आएका अनमोललाई एकै स्टाइलको अभिनय मात्र गरेको भनेर आलोचना गर्नेहरु पनि धेरै थिए। तर कृ फिल्म युनिटले फिल्मसँगै अनमोललाई पनि नयाँ लुक्स दिएर फिल्मको पोस्टर सार्वजनिक गरेको छ।
 

फिल्ममा अनमोल आर्मीको भूमिकामा रहेको फिल्म युनिटले यसअघि नै बताइसकेको छ।

आगामी कात्तिक ३ गते रिलिज हुने भनिएको फिल्म कृ लाई सुवास गिरी र भुवन केसीको संयुक्त रुपमा बनाएका हुन्। फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्।

फिल्ममा अनमोलको अपोजिटमा अदिती बुढाथोकी देखिदैछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell