
धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा दुर्घटनामा परेको छ।
से १ ज १५०३ नम्बरको जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लागेकाले प्रहरी टोली सुरक्षाका लागि गएको थियो। रासस