काठमाडौंः स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा दिउँसो साढे १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी उदयपुर र डँडेलधुलामा ६५ प्रतिशत मतदान भएको छ ।
यसैगरी, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ।
अन्य जिल्लाहरुमा पनि हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेकोसमेत जानकारी प्राप्त भएको छ।