PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

दिउँसो साढे एक बजेसम्म ५३ प्रतिशत भोट खस्यो



पहिलोपोस्ट

दिउँसो साढे एक बजेसम्म  ५३ प्रतिशत भोट खस्यो

काठमाडौंः स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा  दिउँसो साढे १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

 प्रदेश नम्वर  १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी उदयपुर र डँडेलधुलामा ६५ प्रतिशत मतदान भएको छ । 

यसैगरी, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ।

अन्य जिल्लाहरुमा पनि हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेकोसमेत जानकारी प्राप्त भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell