
मलेसियाकी एक युवती जसको शरीर भर कोठी छन् उनले मिस युनिभर्समा सहभागिता जनाउने भएकी छिन्।
एभिता डेल्मुन्दो २० वर्षकी भइन्। उनको अनुहार, घाँटी र शरीर भर जन्मजात नै काला कोठीहरु थिए। जसका कारण उनी स्कूलका साथीहरुबाट अपहेलित हुन्थिन्। एभितालाई स्कूलका साथीहरुले 'मोन्सटर' वा 'चकलेट चिप्स'को संज्ञा दिन्थे। उनी लजाएर बस्न बाहेक केहि गर्न सक्दिन थिइन्।
अपरेशन गरेर कोठीहरु हटाउने सल्लाह पाए पनी उनले त्यसो गर्न चाहिनन्। डेलिमेलले जनाए अनुसार उनले भनेकी छिन्,'साथीहरु बिच मजाकको पात्र बनेर बस्नु मेरो लागि सजिलो काम थिएन। एक्लो महसुस हुन्थ्यो। म हेपिन्थें।'
चिकित्सकले उनलाई छालाको समस्या नभएर सामान्य कोठी रहेको पुस्टि गरेका छन्। हाल एभिता लोकल क्याफेमा काम गर्छिन् र खाली समय गायन र गितार सिक्नमा व्यस्त रहन्छिन्।
आमा र कलेजका साथीहरुले साथ दिएपछी भने उनीमा आत्मविश्वास बढेर आयो। जसका कारण उनले सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा सहभागिता जनाउने भईन्। भनेकी छिन्,'यो मेरो साहस हो। मेरो मन दुखाउनेहरुलाई जवाफ।' उनले अहिले आफ्नो 'बर्थ मार्क'लाई सहज रुपमा स्विकारेको र आफूले प्रतियोगितामार्फत सकारात्मक संदेश प्रवाह गर्न सक्ने बताएकी छिन्।
मिस युनिभर्सको ६६ औं संस्करणमा उनी सहभागिता जनाउदै छिन्।