PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

दक्षिण कोरियाली राष्ट्रपति अमेरिका प्रस्थान



रासस

दक्षिण कोरियाली राष्ट्रपति अमेरिका प्रस्थान
फोटो श्रोतःjapantimes.co.jp

सोलः दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो। उनी महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित भएका थिए।

अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपति मुनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गर्ने बताएका छन्। 

उनले कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आवश्यक परामर्श गर्ने र भ्रमणका क्रममा हुने वार्ताले आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढिकरणमा सहयोग पुग्ने बताए। 

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहकाविरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ। साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ। राष्ट्रपति मुनले यस विषयमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने जनाइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell