
काठमाडौँः स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भइरहेको मतदानमा अपरान्ह ३ बजेसम्म करिव ६२ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी धनकुटा र रुकुममा ७० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरी, ताप्लेजुङ, खोटाङ, डडेल्धुरा, दार्चुला, कपिलबस्तुलगायतका १५ जिल्लामा ६५ प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ।